Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तीन लाख नगदसहित ७ जना जुवाडे पक्राउ

धादिङ। जिल्ला प्रहरी कार्यालय धादिङले तीन लाख नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ।

ज्वालामुखी गाउँपालिका-२ गैरिगाँउ बस्ने हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा गोरखा गण्डकी गाउँपालिका- बस्ने ४७ वर्षीय लोक बहादुर भट्ट समेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख १३ हजार ६५ रुपैयाँ र ३२ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077