Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा नेपाल र खनाल नजाने

    राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा नेपाल र खनाल नजाने

    अनलाइन नेपाल
  • मंगलबार, ३ चैत्र २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता नेता माधवकुमार नेपाल र झलनाथ खनाल राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन नभ्याउने भएका छन् ।

    भोलि र पर्सिको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले उनीहरु आज राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुन नभ्याउने स्रोतले बताएको छ।



    राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपाल र खनाललाई सर्वदलीय बैठकमा बोलाएकी हुन् ।



    समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई आज अपरान्ह ४ बजे बोलाएकी छन् ।

    बैठक अबको केहीबेरमा सुरु हुँदै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार