Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले कर्णाली संसदीय दलको बैठक नेपाल पक्षद्वारा बहिष्कार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षबीच तछाड मछाड चलेको छ । एक पक्षले समर्थन गर्ने अर्को पक्षले असमर्थन गर्ने । बहिस्कार र सहमतिको दोहोरी चलिरहँदा आज पनि उस्तै भएको छ ।

यसैबीच, आज एमालेको माधवकुमार नेपाल पक्षले कर्णाली प्रदेश संसदीय दलको बैठक बहिष्कार गरेको छ ।

बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको दलको बैठक नेपाल पक्षले बहिष्कार गरेको हो ।

आजको बैठकमा सहभागी २० सदस्यमध्ये ओली पक्षका १० सांसद उपस्थित थिए भने नेपाल पक्षका ९ जना सांसद उपस्थित थिएनन् ।

आजको दलको बैठकबारे जानकारी भएपनि आफूहरु नेपाल पक्षले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन आएको सांसद सुशील थापाले बताए ।

आजको बैठकले मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदै दलको नेताको रुपमा यामलाल कँडेललाई चयन गरेको थियो। साथै आज अनुपस्थित नेपाल पक्षीय सांसदसँग स्पष्टीकरण माग्ने निर्णय पनि गरेको छ ।

कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077