Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमाले कर्णाली संसदीय दलको बैठक नेपाल पक्षद्वारा बहिष्कार

    एमाले कर्णाली संसदीय दलको बैठक नेपाल पक्षद्वारा बहिष्कार

    अनलाइन नेपाल
  • बुधबार, ४ चैत्र २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षबीच तछाड मछाड चलेको छ । एक पक्षले समर्थन गर्ने अर्को पक्षले असमर्थन गर्ने । बहिस्कार र सहमतिको दोहोरी चलिरहँदा आज पनि उस्तै भएको छ ।

    यसैबीच, आज एमालेको माधवकुमार नेपाल पक्षले कर्णाली प्रदेश संसदीय दलको बैठक बहिष्कार गरेको छ ।



    बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको दलको बैठक नेपाल पक्षले बहिष्कार गरेको हो ।



    आजको बैठकमा सहभागी २० सदस्यमध्ये ओली पक्षका १० सांसद उपस्थित थिए भने नेपाल पक्षका ९ जना सांसद उपस्थित थिएनन् ।

    आजको दलको बैठकबारे जानकारी भएपनि आफूहरु नेपाल पक्षले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन आएको सांसद सुशील थापाले बताए ।

    आजको बैठकले मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदै दलको नेताको रुपमा यामलाल कँडेललाई चयन गरेको थियो। साथै आज अनुपस्थित नेपाल पक्षीय सांसदसँग स्पष्टीकरण माग्ने निर्णय पनि गरेको छ ।

    कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार