Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • काँग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्न देउवालाई सिटौलाको सुझाव

    काँग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्न देउवालाई सिटौलाको सुझाव

    अनलाइन नेपाल
  • बुधबार, ४ चैत्र २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले काँग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्न पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

    सुनसरी सदरमुकाम इनरुवास्थित पार्टी कार्यालयमा कांग्रेस सुनसरीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रममा महामन्त्री  सिटौलाले केन्द्रीय समितिको बैठकमा आफूले तीन दलसँग सहमति गरेर कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न सुझाव दिएको बताएका हुन् ।



    नेता सिटौलाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउनका लागि भएपनि काँग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्नेमा जोड दिदैं अहिलेको सरकारले जनतालाई राहत दिनुको सट्टा दुःख दिने काम मात्र गरेको आरोप लगाए ।



    किसानको नाममा ठूलाठूला भाषण गरेको भए पनि अहिलेको सरकार किसानको समस्याप्रति उदासिन देखिएको उल्लेख गर्दै उनले अहिले साना किसानका लागि खाद्यमल, सिँचाइ, बीउबिजनको समस्या रहेकाले यसतर्फ सरकार संवेदनशील हुनुपर्ने बताए ।

    नेता सिटौलाले कोरोना महामारीका बेलामा नेपाल तथा देशभन्दा बाहिर रहेका श्रमिकको समस्या समाधान गर्नका लागि काँग्रेसले पटक–पटक आग्रह गर्दा पनि सरकार यसप्रति गम्भीर नभएको आरोप लगाए ।

    कार्यक्रममा प्रदेश नं १, प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेसका जिल्ला सभापति राजिव कोइराला, प्रदेशसभा सदस्य ज्योति सुब्बा, नवोदिता चौधरी, बिराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुली, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, जिल्ला सचिव केदार भण्डारी, कोषाध्यक्ष पङ्कज महतोलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार