काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
आजको बैठकमा ओली पक्षका सांसदहरु मात्र उपस्थित रहेका छन् ।
यसअघि झलनाथ खनाल-माधव नेपाल पक्षका सांसदहरु पनि बैठकमा उपस्थित हुने बताइए पनि उनीहरु बीच बाटैबाट फर्किएका थिए ।
अहिले बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए।

