Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारमा एमाले संसदीय दलको बोर्ड गठन, गुट भेलामा जानेलाई कारबाही गर्ने बैठकको निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)को आज बसेको संसदीय दलको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ ।

बैठकले २७ सदस्यीय बोर्ड गठनको निर्णय गरेको छ ।

त्यस्तै, आजको बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिएको छ जसमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन्

यसअघि बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रम सहभागी हुन सांसदहरूलाई आह्वान गरेको छ । दलका नेता केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ ।

यसअघि दोधारमा रहेको माधव नेपाल पक्षका केही सांसद बैठकमा सहभागी हुन हिँडे पनि बाटोबाटै फर्किएका थिए । बैठकमा ओली पक्षका सांसदहरुको उपस्थिति रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077