Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मीना हत्या प्रकरण : श्रीमान्, ससुरा, सासू र नन्दलाई थुनामा राख्न अदालतको आदेश

सुर्खेत। दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् ।

जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम , सासू दुर्गा र उनकी बहिनी रम्भा दमाईँलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो ।

गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुनसक्ने जनाउँदै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदातलमा जाहेरी दिएको थियो ।

अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।-रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077