Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कांग्रेसले १० दिनभित्र ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने कोइरालाको दावी

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १० दिनभित्रै अविश्वास प्रस्ताव दर्ता हुने बताएका छन् ।

माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा कांग्रेसले सरकार बनाउनुपर्ने धारणा व्यक्त गर्दै नेता कोइरालाले भने–‘अब हप्ता १० दिनमा अविश्वास प्रस्ताव आउँछ ।’

बिहीबार विराटनगरमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै कोइरालाले भने–‘हामीले सरकारको नेतत्व गर्नुपर्छ, माओवादी, हामी र जसपा मिलेर जानुपर्ने हो । बहुमत आइहाल्छ ।’

जनता समाजवादी पार्टी र एमालेभित्रै विवाद रहेकाले कांग्रेस अविश्वास प्रस्ताव दर्ताका लागि पर्ख र हेरको अवस्थामा रहेको महामन्त्री कोइरालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077