Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एटिएम मेसिन फुटाउँदै गर्दा एक भारतीय नागरिक पक्राउ

काठमाडौं। महानगरीय प्रहरी वृत्त दरबारमार्गले एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा पक्राउ एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत गोरखपुर घर भएका काठमाडौँ ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन्।

उनलाई शुक्रबार बिहान साढे २ बजे कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077