Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीको नाम इतिहासमा कालो अक्षरले लेखिन्छ : पम्फा भुसाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको काम/नाम इतिहासमा कालो अक्षरले लेखिने बताएकी छिन्।

शुक्रबार प्रतिनिधिसभाको चौंथो बैठकलाई सम्बोधन गर्दै सांसद भुसालले प्रधानमन्त्री ओलीको कामप्रति सबै असन्तुष्ट रहेको र कामबारे इतिहासमा कालो अक्षरले लेखिने बताएकी हुन्।

उनले प्रधानमन्त्रीलाई थोरै आलोचना सहन सुझाउदै मिडियाको कार्टुन हेर्न आग्रह गरेकी छिन् ।

'सारा मिडियाको कार्टुन हेर्‍यो भने के छ, अलिकति आत्मसमीक्षा गर्नुपर्दैन ?, भुसालले भनिन्, 'प्रधानमन्त्री निकटका साथीहरू छातीमा हात राखेर बिहान योगा हैन योगाका ठाउँमा आत्मसमीक्षा गरौं ।'

भुसालले जनतको आन्दोलन र न्यायापालिकाको फैसलाले लोकतन्त्र धरापमा पार्ने कदम रोकिएको टिप्पणी गरिन् । ‘जनताको आन्दोलन र न्यायापालिकाको फैसलाले संविधान, लोकतन्त्र र व्यवस्था नै धरापमा पार्ने कदम रोकिएको,’ उनको भनाइ छ।

बैठकमा प्रतिनिधिसभा विघटन सर्वोच्चबाट बदर भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा गरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077