Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चाल्नाखेलमा भेटिएको दुई शवको सनाखत

काठमाडौँ। काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा भेटिएका दुई जनाको शवको सनाखत भएको छ ।

शुक्रवार खहरेस्थित जंगलमा दुई जनाको शव फेला परेको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार मृत्यु हुनेमा नुवाकोटका १६ वर्षीया अर्जुन खड्का र काभ्रेका १८ वर्षीया मंगल तामाङ छन् ।

प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् भने तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्थे ।

शुक्रबार दिउँसो दुई जनाको शव भेटिएलगत्तै काठमाडौं प्रहरी प्रमुख सिंह, एसपी रमेश बस्नेतसहितको टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल नजिकै विषादीको बट्टा भेटिएको र  थप अनुसन्धान जारी रहेको एससपी सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077