Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बालुवाटारमा ओलीले बोलाए संसदीय दल र केन्द्रीय समिति बैठक, नेपाल–खनाल पक्ष नजाने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा एमालेको संसदीय दल र केन्द्रीय समिति बैठक बस्ने भएको छ ।

संसदीय दलको बैठक बिहान साढे १० बजे बोलाइएको छ भने केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सर्वोच्च अदालतले नेकपाको एकतालाई खारेज गर्दै एमाले र माओवादी केन्द्र नै बनाइदिएपछि एमालेमा फेरि दुई समूह खडा भएको छ ।

अहिले एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष गरी दुई पक्ष छ ।

प्रधानमन्त्री एमव् नेकपा अध्यक्ष ओलीले माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर प्रदेशदेखि केन्द्रसम्म आफ्ना पक्षका नेताहरुलाई जिम्मेवारी दिइसकेका छन् । जसले गर्दा पनि नेपाल–खनाल पक्ष विच्किएको छ ।

आज भने प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्ने बैठक बोलाएको बताइएको छ ।

संसदीय दलको विधान संशोधन गर्ने तयारी गरेको समेत बताइएको छ ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार दलको विधान २०७२ कै छ, जसमा भएका कतिपय व्यवस्था नयाँ संविधानअनुसार मिलाउनुपर्नेछ ।

यद्यपी नेपाल–खनाल पक्ष भने ओलीले बालुवाटारमा बोलाएको बैठकमा नजाने भएको छ ।

शुक्रबार काठमाडौंमा बसेको नेपाल–खनाल पक्षको बैठकले ओलीले बोलाएका दुवै बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो ।

यता, कुनै पनि बैठकमा अनुपस्थित हुँदै आएका उपाध्यक्ष वामदेव गौतमले आफू केपी ओलीले बोलाएको आजको बैठकमा सहभागी हुने जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077