Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले संसदीय दलकाे बैठक (तस्बिरहरु)

काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले संसदीय दलको बैठकले दलको विधान पारित गरेको छ ।

शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा संसदीय दलको विधान २०७७ संशोधन सहित पारित भएको हो ।

बोर्डमा संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक बिशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य तथा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, खिमलाल भट्टराई, डा बिन्दा पाण्डे, राधाकुमारी ज्ञवाली, दामोदर भण्डारीलगायत रहेका छन् ।

दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा प्रतिनिधिसभाबाट शेरबहादुर तामाङ र राष्ट्रियसभाबाट विमला राई पौडेल रहेको कार्यदल गठन गरेको थियो ।

सो बैठकमा एमाले नेता बामदेव गौतम र झलनाथ खनाल -माधव नेपाल पक्षका सांसद कृष्णभक्त पोखरेलसमेत सहभागी रहेका थिए।

तस्बिरमा हेर्नुहोस् आजको बैठक दृष्यहरु :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077