Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मनपरी निर्णय गर्ने ओलीले स्पष्टीकरण माग्ने हैन आफैँ दिनुपर्छ : भीम रावल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालेका कदमहरु अबैध भएको टिप्पणी गरेका छन् । 


नेता रावलले सामाजिक सञ्जालमार्फत् वर्तमान समयमा प्रधानमन्त्री ओलीले चालेका कदमहरु अबैध र हास्यास्पद  रहेको टिप्पणी  गरेका हुन्।


शनिबार बालुवाटारमा अध्यक्ष ओली नेतृत्वमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित भीम रावलल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।


उक्त ओलीको निर्णयपछि असन्तुष्ट रहेका नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्, 'केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अबैध छ।यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो।'









नेता रावलले पार्टीको विधान, विधि र पद्धति मिच्दै पार्टी एकताका सामु खतरा उत्पन्न गर्ने पार्टी अध्यक्ष ओलीका स्वेच्छाचारी निर्णय र कामहरू बदर हुनुपर्ने भन्दै पार्टीको एकता र देशभक्तिपूर्ण क्रान्तिकारी चरित्रको रक्षा गर्न कार्यकर्ताहरुसंग आग्रह गरेका समेत छन्।










प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077