Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

ओलीले तत्काल राजिनामा दिनुपर्छ : प्रकाशमान सिंह

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् ।

आइतबार बिहान आफ्नै निवासमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरेका कार्यकर्ताहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले न्युनतम नैतिकतासमेत नदेखाएको उनको भनाइ छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको र जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिको मूल्य मान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।

नेता सिंहले कम्युनिष्ट पार्टीलाई जनताले पाँच वर्षका लागि दिएको म्याण्डेड पुरा गर्न नसकेको बताउँदै देशलाई अस्थिरता बाट बचाउन सबै दलहरुले निकास दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077