Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

थपिए बिदा, भाइटीकाको भोलिपल्ट पनि बिदा दिने सरकारको निर्णय

काठमाडौँ। सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, तिहार भाइटीकाको भोलिपल्ट र माघे संक्रान्तिमा बिदा दिने निर्णय गरेको हो ।

सरकारको निर्णयअनुसार भदौ ६मा पर्ने जनैपूर्णिमा, असोज २१ को घटनास्थापना र माघ १ को माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ ।

त्यस्तै, भाइटीकाको भोलिपल्ट कात्तिक २१ मा पनि राष्ट्रिय बिदा हुनेछ ।

यसअघिका अन्य बिदा भने यथावत्

अन्य सार्वजनिक बिदा भने यथावत् राखिएका छन् । ५२ वटा शनिबारबाहेक १ वैशाखमा नयाँ वर्षको बिदा हुनेछ । त्यस्तै, महाशिवरात्रि र फागुपूर्णिमामा दिँदै आइएको मुलुकभरि बिदा कायमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077