Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अवैध लागूऔषधसहित १३ जना पक्राउ 

काठमाडौँ। नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषध सहित १३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्न्रेहरुमा झापा, सर्लाही, बाँके, सुनसरी र कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषध  पक्राउ परेका हुन्। 

झापा, आइतबार दिउँसो बिर्तामोड नगरपालिका-३ स्थित भद्रपुर रोडबाट ६० ग्राम अवैध लागूऔषध एमफेटामाईन र ८० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कचनकवल गाउँपालिका-६ बस्ने ३५ वर्षीय पञ्चानन्द राजबंशी, सोही गाउँपालिका-७ बस्ने ५० वर्षीय हेमनारायण राजवंशी, मोरङ उर्लाबारी नगरपालिका-६ बस्ने २० वर्षीय विष्णु पोदार र सोही नगरपालिका-५ बस्ने १६ वर्षीय किशोर रहेका छन् । 

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

सर्लाही, लालबन्दी नगरपालिका-१७ रानीगंजबाट १५ केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-१४ बस्ने ४१ वर्षीय पाल्साङ पाख्रीन समेत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा ज.१ ह ४६०९ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय लालबन्दीवाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोमा रहेको जेब्रा झोलाभित्र उक्त परिमाणको लागूऔषध फेला पारी अटोमा सवार उनीहरुलाई पक्राउ गरेको हो । 

बाँके, कोहलपुर नगरपालिका-१० स्थितबाट १ केजी अवैध लागूऔषध चरेश सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कोहलपुर नगरपालिका-११ बस्ने ३५ वर्षीय बिश्व बहादुर परियार, राप्तिसोनारी गाउँपालिका-३ बस्ने २८ वर्षीय आन्नद खड्का र सोही ठाउँ बस्ने २० वर्षीय कैलाश शाही रहेका छन् ।

नेपालगंजबाट कोहलपुरतर्फ आउँदै गरेको बा.६ च ७५७१ नम्बरको टाटा जेनिस गाडीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-२ भानुचौकस्थित चाम्लिङ होटलबाट ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित पांचथर फिदिम नगरपालिका-१ बस्ने २३ वर्षीय कमल आचार्यलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोकबाट २ ग्राम ५ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-१ बस्ने २२ वर्षीय सम्रौ घिमिरे र  सोही उपमहानगरपालिका-४ बस्ने २९ वर्षीय सिद्धार्थ बडैला रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

उल्लेखित घटना सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077