Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बालुवाटारमा ओलीलाई विप्लवको प्रश्न : सहमति अनुसारको कार्यान्वयन खोई ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

सोमबार विप्लवसहित नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

सोमबारको भेटवार्तामा उनले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा गर्न ढिला भएको बताएका छन् ।

भेटवार्तामा विप्लवले प्रधानमन्त्री ओलीलाई आफ्ना नेता र कार्यकर्ताको रिहाई र मुद्दा फिर्ता कहिले हुन्छ ? भन्दै जिज्ञासा राखेका थिए ।

गत फागुन २० गते विप्लव समूह र सरकारबीच नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले नेता कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको जवाफ दिएका विप्लव समूहका प्रवक्ता चलाउनेले जानकारी दिए ।

प्रवक्ता चलाउनेका अनुसार ओली र विप्लववीच झण्डै एक घण्टा बन्दी रिहा, मुद्दा फिर्तासहित अन्य राजनीतिक विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077