Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्तो छ आजको प्रतिनिधिसभा बैठकमा पेस हुने सम्भावित कार्यसूची

काठमाडौं । आज प्रतिनिधिसभाको पाँचौ बैठक बस्दैछ ।

दिउँसो १ बजे संसद भवन बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

आज बस्ने प्रतिनिधसभा बैठकमा तीन वटा वार्षिक प्रतिवेदन पेस हुने कार्यक्रम रहेको छ ।

जसमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन तथा महान्याधिवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवदेन पेस।

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ।

यसअघि प्रतिनिधिसभाको चौंथो बैठक चैत ६ गते बसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077