Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

श्रीमती र छोरीलाई खुकुरी प्रहारपछि आत्महत्या

इलाम।  इलाम नगरपालिका–३, खोपीका ७२ वर्षीय देउमान राईले परिवार र छिमेकीसहित तीन जनालाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका छन्।

देउमानले ४४ वर्षीया श्रीमती कमला, १२ वर्षीया छोरी प्रमिला र छिमेकी १५ वर्षीय अनुप राईलाई खुकुरी प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले बताए।

खुकुरी प्रहारबाट कमलाको टाउको, दुवै हात र तिघ्रामा चोट लागेको छ भने प्रमिलाको दायाँ हात बायाँ पाखुरामा तथा अनुपको टाउकोमा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्ता सिटी अस्पताल पठाइएको छ।

घटनापश्चात्  देउमानले छिमेकीको गोठमा झुन्डिएर आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

घटनामाथि थप अनुसन्धान भइरहेको डिएसपी सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077