Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

देउवा भन्छन् - कांग्रेसले अविश्वास प्रस्ताव ल्याउँदैन, सरकारमा पनि जादैन

विराटनगर। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान समयमा कांग्रेसले सरकारविरुद्द अविश्वासको प्रस्ताव पनि नल्याउने र सरकारमा पनि नजाने बताएका छन् ।

मंगलबार केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालालाई श्रद्धाञ्जली व्यक्त गर्न विराटनगर आएका सभापति देउवाले सन्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस तत्काल सरकारमा नजाने बताएका हुन्।

देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताए ।

कुराकानीमा उनले भने 'कांग्रेसले सरकार बनाउँदैन, विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’

सभापति देउवाले वर्तमान समयमा कांग्रेस विपक्षी पार्टी हो र विपक्षी कै भूमिकामा रहने बता।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077