Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भीम रावल भन्छन् - ओली विदेशीको गोटी बने, उनलाई नै अब स्पष्टीकरण सोधिन्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण सोध्दै आफूहरुलाई काटिएको पत्रलाई नक्कली केन्द्रीय कमिटीको अवैध पत्र भएको बताएका छन्।

मंगलबार माधव नेपाल पक्षको विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले स्पष्टीकरण आफूहरुले होइन, अध्यक्ष ओलीले दिनुपर्ने भन्दै अवैध पत्र भएको बताएका हुन् ।

उनले भने, ‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो रु’ पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् ।

अध्यक्ष ओलीको निर्णय विधान विपरीत भएकोबताउदै रावलले भने 'पार्टी विधान विपरीत काम गर्ने व्यक्तिले तपाईंहरुले अनुशासन किन मान्नु भएन भनेर स्पष्टीकरण सोध्न लाज मान्नुपर्ने हो’ पार्टी अध्यक्ष ओलीतर्फ संकेत गर्दै रावलले भने ।

अब नेपाली जनताले ओलीलाई प्रतिनिधिसभा किन विघटन गरेको ? नागरिकता विधेयक किन संसदमा पेश हुन नदिएको ? लगायतका विषयमा स्पष्टीकरण सोध्दै ओलीलाई नै कारवाही गर्ने बताए ।

उनले माओवादी केन्द्रसँग एकतापछि बनेको एकीकृत पार्टी फुटाएर त्यसपछि फेरि माओवादी र एमाले नै फुटाउने दाउ ओलीले खेलेको आरोप समेत लगाए।

'ओलीलाई भारतसँग मिलेर हटाउने कोही पनि थिएन। त्यो ओलीको काल्पनिक कुरा हो' रावलले भने।

यसअघि ओली नेतृत्वमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाइ स्पष्टीकरण माग्दै चित्तबुझ्दो जवाफ नआए कारवाही गर्ने बताएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077