Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ७० करोड घुस काण्डमा मुछिएका पूर्वमन्त्री बाँस्कोटा पनि पत्रकार महासंघको सदस्य

    ७० करोड घुस काण्डमा मुछिएका पूर्वमन्त्री बाँस्कोटा पनि पत्रकार महासंघको सदस्य

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । ७० करोड घुस काण्डमा मुछिएर मन्त्री पदबाटै राजिनामा दिनु परेका पूर्व सञ्चारमन्त्री मन्त्री गोकुल बाँस्कोटा पत्रकार महासंघको अझै सदस्य कायम रहेको खुलेको छ ।

    नजिकिंदै गरेको निर्वाचनलाई लक्षित गरि पत्रकार महासंघले निकालेको मदतादा सूचीमा बाँस्कोटाको नाम छ ।



    मदतादा सूचीको २ नम्बरमा नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री बाँस्कोटाको कसरी आयो भन्नेमा पत्रकारहरु नै आश्चर्यचकित छन् ।



    कानुनतः पार्टीको केन्द्रीय सदस्य एवम् मन्त्री समेत भइसकेका व्यक्ति पत्रकार महासंघको सदस्य बन्न मिल्दैन ।

    त्यसमाथि पनि सूचना तथा सञ्चार मन्त्री हुँदा ७० करोड घुस काण्डमा मुछिएका उनी मन्त्री पद नै गुमेका व्यक्ति हुन् ।

    कुनै समय पत्रकारिता नै गरेका गोकुल बाँस्कोटाले २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट ५४ हजार ४ सय २७ भोट ल्याएर सांसद बनेका थिए ।

    २०७६ साल फागुन ७ गते बाहिरिएको अडियोमा बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने नाममा विजय मिश्र नामका एक विचौलियासँग ७० करोड घुस मागेका थिए ।

    त्यतिबेला सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) खरिद गर्दा ७ अर्ब रुपैयाँ भ्रष्टाचार गरिएको बिषय संसदको सार्वजनिक लेखासमितिमा विज्ञले नै तथ्यसहित प्रस्तुत गरेका थिए ।

    जवकी पत्रकार महासंघ काठमार्डौं शाखामा एक हजार भन्दा बढि सदस्य छन् ।

    यो घटनाक्रमसँगै कतिपय वरिष्ठ पत्रकारहरुले समेत सदस्यता नविकरण नगरेको अवस्थामा पूर्व मन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य बाँस्कोटाले भने अझै किन सदस्यता नविकरण गरिरहेको छन् ? भन्ने प्रश्न समेत खडा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार