Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • त्रिदेशीय फुटबलका लागि नेपाली टोलीको घोषणा

    त्रिदेशीय फुटबलका लागि नेपाली टोलीको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, १२ चैत्र २०७७
  • 1.7K
    SHARES

    काठमाडौँ। त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

    नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा बुधबार.२३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।



    गोलकिपर:



    रुपमा विकेश कुथु र दीपक कार्की,

    डिफेन्डर:

    विराज महर्जन, रन्जित धिमाल, रोहित चन्द, निशान लिम्बू, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी र छिरिङ गुरुङ

    मिडफिल्डर:

    सुजल श्रेष्ठ, तेज तामाङ, त्रिदेभ गुरुङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल वल र रविशङ्कर पासवान

    फरवार्ड:

    दर्शन गुरुङ, अञ्जन विष्ट, अविशेक रिजाल र भरत खवास छन् ।

    नेपालले आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा किर्गिस्तानको युथ २३ टोलीविरुद्ध खेल्ने छ ।

    त्रिदेशीय प्रतियोगिताअन्तर्गत यसअघि मङ्गलबार बङ्गलादेश र किर्गिस्तानबीच पहिलो खेल भएको थियो । उक्त खेलमा बङ्गलादेशले किर्गिस्तानको यु–२३ टोलीलाई १–० गोलअन्तरले पराजित गरेको थियो । उक्त प्रतियोगितामा किर्गिस्तानका खेलाडीले आत्मघाती गोल गरेका थिए ।

    जितसँगै बङ्गलादेशले तीन अङ्क बटुलेको छ । प्रतियोगिताअन्तर्गत शनिबार नेपाल र बङ्गलादेशबीच लिग चरणको अन्तिम खेल हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार