Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालुवाटारको बैठकमा सहभागी हुने नेपाल पक्षको निर्णय

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बोलाएको पार्टीको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन्।

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरूको कलंकीमा बसेको बैठकले संसदीय दलको बैठकमा भाग लिने निर्णय गरेको हो।

आजको बैठकले पार्टीभित्र बसेर सङ्घर्ष जारी राख्ने निर्णय  गर्दै ओली प्रवित्तिविरुद्ध लडिरहने  र अन्तिम समयसम्म एकताको लागि पहल गर्ने भन्ने निष्कर्ष निकालेको सहभागी एकनेताले बताए ।

यसअघि अघिल्लो पटक आह्वान गरिएको संसदीय दलको बैठकमा उक्त पक्षका सांसदहरू अनुपस्थित भएका थिए।

नेता नेपालले पार्टीका यस्ता बैठकहरू प्रधानमन्त्री निवास बालुवाटारमा नभई पार्टी कार्यालय वा संसदीय दलको कार्यालयमा गरिनुपर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077