Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारमा नेपाल र रावल गएनन्, पाण्डे निस्किए, खनालसहित केही सहभागी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले संसदीय दलको बैठक बालुवाटारमा शुरू भएको छ ।

आज अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा पहिलोपटक वरिष्ठ नेता झलनाथ खनालसहितका माधव पक्षका नेताहरू सहभागी भएका छन् ।

माधवकुमार नेपाल र भीम रावल भने उपस्थित छैनन् । सुरेन्द्र पाण्डे भने बैठकस्थल पुगेर एकछिनमै निस्किएका छन् ।

यसअघि कलंकीमा बसेको माधव पक्षको बैठकले संसदीय दलको बैठकमा भाग लिने निष्कर्ष निकालेको थियो ।

बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा छलफल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077