Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल र रावल कारवाहीको भागीदार हुन्, मेरो निर्णय फेरिन्न : प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल कारवाहीको भागीदार रहेको बताएका छन्।

आज बालुवाटारमा अध्यक्ष ओलीले माधव नेपालसहितका ४ जना नेतालाई केन्द्रीय कमिटी बैठकले स्पष्टिकरण सोधेको भन्दै माधव र भीम रावलको स्पष्टीकरण अत्यन्त नकारात्मक कोणबाट आएकाले कारवाहीको भागीदार हुने बताएका हुन्  ।

आजको एमाले संसदीय दलको बैठकमा नेपाल पक्षका नेताहरुले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन माग गरेको र ओलीले आफ्नो  निर्णय फिर्ता नहुने जनाएका छन्।

प्रधानमन्त्री ओलीले आफूलाई माधव नेपालले प्रचण्डसँग मिलेर पार्टी सदस्यताबाट समेत निष्कासन गरेको स्मरण गर्दै त्यस्तो अपराध गर्नेहरूलाई पनि आफूले स्पष्टीकरणमात्र सोधेर सुधार्न खोजको बताए ।

अध्यक्ष ओलीले एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077