Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तिरस्कार र अपमानको बैस चढ्दो छ : झाँक्री

काठमाडौं । नेकपा एमालेकी महिला नेतृ रामकुमारी झँक्रीले दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो छ भन्दै घुमाउरो भाषमा पार्टी नेतृत्वप्रति खनिएकी छन् ।

आज सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

उनले ट्वीवरमा लेखेकी छन्–‘दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो छ । त्यसलाई पचाएर पार्टी बनाउने र बचाउने संकल्प हाम्रो हो । भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनुपर्ने हुन्छ । लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको योगदानले बनेको यो पार्टी, र पार्टीको बिरासत, सम्पूर्ण शक्ति र सामर्थ्यका साथ यो आन्दोलनलाई विसर्जन हुनबाट बचाउने हाम्रो युगिन दायित्व हो ।’

नेकपामा हुँदा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीमाथि गालिगलौजमा उत्रिएकी नेतृ झाँक्रीलाई एमालेको केन्द्रीय कमिटीले कारबाही गर्ने निर्णय गरेको थियो ।

तर, प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीले झाँक्रीको अहिले नै पार्टीमा हैसियत नपुगेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय फिर्ता लिन नेकपा एमालेको केन्द्रीय कमिटीलाई निर्देशन दिएपछि उनी कारबाहीबाट जोगिएकी थिइन् ।

https://twitter.com/Jhakri_didi/status/1375685232888700928

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077