Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

होलीले राष्ट्रिय एकतालाई सुदृढ बनाउने पर्यटनमन्त्री ढकालको विश्वास

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले फागुपूर्णि अर्थात् होली पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पुर्याउने बताएका छन् ।

फागुपूर्णिमाका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्ता पर्वले आपसी सद्भाव र भाइचारा अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई समेत सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

मन्त्री ढकालले शुभकामना सन्देशमा कोभिड– १९ सङ्क्रमणको जोखिम कायमै रहेको अहिलेको अवस्थामा राज्यका व्यवस्थाभित्र रहेर स्वास्थ्य मापदण्डलाई अपनाएर मात्र फागुपर्व मनाउन पनि अनुरोध गरेका छन् । उनले सत्यको विजयको प्रतिकका रुपमा यो पर्व मनाइने गरेको उल्लेख गरे ।

पर्यटनमन्त्री ढकालले सन्देशमा भनेका छन्, 'नेपालमा आज पहाडी क्षेत्रमा र भोलि तराई क्षेत्रमा विशेष उल्लासपूर्वक रङ्गको प्रयोग गरेर मनाइँदै गरेको २०७७ सालको फागुपर्व (होली)का अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077