Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन्।

आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी तथा विधानसभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ।

यस्तै प्रधानन्त्री केपी शर्मा ओलीले विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने सम्भावित कार्यसूची छ। ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६–२०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६–२०७७ को वार्षिक प्रतिवेदन प्रधानमन्त्रीले पेश गर्ने कार्यसूची छ।

यस्तै विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७७ तथा नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077