Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ओलीले गर्दा कम्युनिष्ट आन्दोलन नै लज्जित बन्न पुग्यो : भीम रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता माधवकुमार नेपाल पक्षले थप दुई नेतामाथि भएको कारबाहीको भत्र्सना गरेको जनाएको छ।

आज दिउँसो कलंकीस्थित मेगा पार्टी प्यालेसमा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले नेपाल पक्षका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको कारवाहीको घोर भत्र्सना गरेको हो।

एमाले अध्यक्ष ओलीले हिजो नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनासम्म निलम्बन गर्ने निर्णय गरेका थिए ।

यसअघि उनले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि सोही कारबाही गरेका थिए ।

बैठकलाई बिचमा छाडेर बाहिरिएका नेता रावलले भने, नेताहरुमाथि भएको कारबाहीले पार्टीको विधान मिच्नुका साथै कम्युनिष्ट आन्दोलनलई नै लज्जित बनाएको छ।

रावलले नेकपा एमालेको रक्षा र गतिशीलताका लागि पाइला चाल्ने विषयमा छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077