Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जाजरकोटमा यातायात मजदुरबीचको झडपमा एकको मृत्यु, दुई गम्भीर घाइते

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका–२, लिम्सामा यातायात मजदुरहरुको दुई समूहबीच झडपहुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नलगाड नगरपालिका–४, का ३५ वर्षीय नरेश रावल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोट–डोल्पा यातायात समितिका मजदुरबीच गाडीको रुटको विषयमा विवाद भएपछि झडप भएको हो ।

झडप पश्चात् रावलको शव बारेकोटकै देउलस्थित खोलामा आज दिउँसो फेला परेको थियो ।

झडपका क्रममा नलगाड–४, कै सुजन कार्की र विकास रावल गम्भीर घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेर सदरमुकामतर्फ ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077