Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अफगान हवाई आक्रमणमा परी ३५ जना लडाकू मारिए

एजेन्सी।  अफगानिस्तानको सेनाले देशका दुई वटा उत्तरी प्रान्तहरुमा गरेको हवाई आक्रमणमा कम्तीमा ३५ जना तालिबानी लडाकू मारिएका छन् ।

शुक्रबार राति गरिएको यस आक्रमणमा अरु ३३ जना लडाकू घाइते भएको पनि अफगान रक्षा मन्त्रालयले पुष्टी गरेको छ ।

फरयाब प्रान्तमा २६ जना तालिबानी लडाकू मारिनुका साथै ३३ जना घाइते भएका छन् । तालिवान समूहको गढ मानिएको गुर्जिवान जिल्लाको सर्चाकान गाउँमा सेनाले कारबाही गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

यस्तै, छिमेकी बाघलान प्रान्तमा नौ जना तालिबानी लडाकूको सैनिक कारबाहीमा मृत्यु भएको छ । मारिएकाहरुमा छ जना तालिबानका डिभिजनल कमान्डरहरु पनि रहेका छन् ।

सेनाले विद्रोही लडाकूबाट हातहतियार र धेरैवटा सवारी साधन पनि बरामद गरी ध्वस्त पारेको छ । यद्यपी तालिबान समूहले उक्त घटनाहरुका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077