Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रामचन्द्र पौडेलको रफ्तार बढ्यो, जसपालाई फकाउन हात्तीवन !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरलाई भेट्न पुगेका छन् ।
आज बिहान नेता पौडेल अध्यक्ष ठाकुरको निवास हात्तीवनमा पुगेका थिए ।

गत शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठन लागि पहल गर्ने निर्णय लिएपछि पौडेलले आज ठाकुरसँग भेट गरेका हुन् ।

नयाँ सरकार गठबन्धनमा निर्णायक भूमिकामा रहेको जसपाको साथ खोज्न नेता पौडेलले अध्यक्ष ठाकुरसँग भेट गरेर छलफल गरेको बताईएको छ।

यसअघि शनिबार नेता पौडेलले राजधानीमा आयोजित एक कार्यकममा बोल्दै 'कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको छ, उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौं,’ उनले भनेका थिए।

साथै, नेता पौडेलले संसद विघटनविरुद्ध आवाज उठाएका तीन दलबीच सहमति गरेर अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका थिए।

यस्तै, केहीदिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई साथ दिने संकेत गर्दै ओलीको पक्षमा समर्थन गरेका थिए ।

बिगतमा सुस्त देखिएका नेता पौडेल शुक्रबारको पार्टीको निर्णयदेखि उत्साहित हुँदै नयाँ सरकार गठनकालागि तम्सिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077