Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कर्णालीमा एमालेका मन्त्रीहरुको भोली सामूहिक राजिनामा, मुख्यमन्त्री शाहीको सरकार धरापमा

    कर्णालीमा एमालेका मन्त्रीहरुको भोली सामूहिक राजिनामा, मुख्यमन्त्री शाहीको सरकार धरापमा

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 2.2K
    SHARES

    सुर्खेत। कर्णाली प्रदेश सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका मन्त्रीहरुले भोलि राजिनामा दिने भएका छन् ।

    आज नेता माधवकुमार नेपाल पक्षका सांसदसहित बसेको संसदीय दलको बैठकले मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएसँगै एमालेका मन्त्रीहरुले भोलि राजिनामा दिने भएका हुन्। एमाले संसदीय दलको बैठकमा एमालेका १९ जना सांसद छन् ।



    मन्त्रीहरुले राजीनामा दिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार धरापमा पर्ने भएको छ ।



    मुख्यमन्त्री शाही नेतृत्वको वर्तमान सरकारमा एमालेकातर्फबाट तीन जना मन्त्रीहरु सहभागी छन् । जसमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् ।

    यसअघि नै शाहीलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले समर्थन फिर्ता लिइसकेको थियो ।

    एमालेको ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार