Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

८५ वर्षीय आमाको सम्पती हिनामिना गर्ने राष्ट्र बैंककी अधिकृत पक्राउ

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौँले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत महिला अधिकृतलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मी रहेकी छिन् ।

ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा सुष्मालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

सिंहका अनुसार सुष्मालाई ८५ वर्षीय आमाको सम्पती हिनामिना गरेको र भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको दावी छ ।

यस्तै सृजना फाइन्‍नास र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077