Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सिआईबीद्वारा ६१ लाख जरिवाना भएका बैंकिङ् मुद्धाका फरार अभियुक्त पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एकजनालाई पक्राउ गरेको छ।

सिआईबीको टोलीले खोटाङ रुपाकोट मझुवागढी नगरपालिका-१५ का बरुण ढकाललाई काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरिएको सिआईबी प्रमुख डिआइजी सहकुल थापाले बताए ।

पक्राउ परेका उनीविरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा गत पुस १५ गते ५ दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

डिआइजी थापाका अनुसार पक्राउ परेका ढकालले गत चैत २० गते आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि कमलाकुमारी राईलाई ५६ लाख १५ हजार र कल्पनाकुमारी राईलाई ५ लाख ४० हजार रुपैयाँको चेक दिएका थिए।

पक्राउ परेका तामाङ्गलाई यसअघि नै बैंकिङ् कसूर तथा सजाय ऐन बमोजिम सजाय हुने फैसला भएको सिआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077