Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

अब काठमाडौँ प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने

काठमाडौँ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अब काठमाडौँ उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ ।

आज बसेको जिल्ला कोभिड-१९ संकट व्‍यवस्थापन समितिको बैठकले उपत्यका प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

'अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउनु पर्नेछ', पराजुलीले भने ।

यस्तै, आजको समितिले सबै नगरपालिकाहरुमा सञ्‍चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ-आफ्नो नगरपालिका भित्र एक(एक वटा आइशोलेसन र क्वारेन्टाइनको व्‍यवस्थापन गर्न आग्रह गरेको छ ।

नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न समितिले आग्रह गर्दै बिज्ञप्ति समेत जारी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077