Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कर्णाली प्रदेशका तीन मन्त्रीहरुद्वारा सामुहिक राजिनामा, मुख्यमन्त्री शाहीको सरकार धरापमा

विरेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका छन् ।

आज सामूहिक राजिनामा दिनेमन्त्रीहरुमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् ।

उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजिनामा बुझाएका हुन्।

गत आइतबार नेता माधवकुमार नेपाल पक्षका सांसदसहित बसेको संसदीय दलको बैठकले मन्त्रीहरुलाई राजिनामा दिन निर्देशन दिएसँगै एमालेका मन्त्रीहरुले आज राजिनामा दिएका हुन् ।

मन्त्रीहरुले राजीनामा दिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको सरकार धरापमा पर्ने भएको छ ।

एमालेको ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077