Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कर्णाली प्रदेश : राजिनामापश्चात् बाहिरिए तीनै जना मन्त्रीहरु

विरेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले संयुक्त रुपमा राजिनामा दिएसँगै बाहिरिएका छन्।

राजिनामा बुझाएपछि उनीहरूले मन्त्रीका हैसियतले पाएको सेवा सुविधा त्यागेर बाहिरिएका हुन्।

आज सामूहिक राजिनामा दिने मन्त्रीहरुमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका थिए ।

राजिनामापश्चात् बाहिरिएका  उनीहरूले सर्वोच्चको फैसलापछि बदलिँदो परिस्थितिमा आफूहरूले पार्टीको निर्णय मानेको बताए ।

गत आइतबार नेता माधवकुमार नेपाल पक्षका सांसदसहित बसेको संसदीय दलको बैठकले मन्त्रीहरुलाई राजिनामा दिन निर्देशन दिएसँगै एमालेका मन्त्रीहरुले आज राजिनामा दिएका हुन् ।

मन्त्रीहरुले राजीनामा दिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको सरकार धरापमा पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077