Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्यानलाई आईसीसी डेभलपमेन्ट अफ दि इयर अवार्ड

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई आईसीसीको डेभलपमेन्ट अवार्ड प्रदान गरेको छ ।

आईसीसीले आज नेपाललाई आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दि इयर अवार्ड प्रदान गरेको हो ।

नेपालले एसिया क्षेत्रबाट डेभलपमेन्ट अवार्ड पाएको आईसीसीले जनाएको छ ।

कोरोना भाईरसको महामारीको बेलामा पनि क्रिकेट विकासका लागि क्यानले गरेको पहल र योगदानलाई उच्च मुल्यांकन गर्दै इनिसियटिभ अफ दि इयर अवार्ड प्रदान गरिएको आईसीसीले जनाएको छ ।

नेपालसहित नामिबिया, अर्जेन्टिना, भानुता र इटालीले समेत यस अवार्ड प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077