Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा भएको प्रभु साहको आरोप

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीका  साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गरेपछि प्रभु साहले आक्रोश पोखेका छन् ।

निर्वाचित सांसदलाई पदमुक्त गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को कदम निरंकुशताको पराकाष्ठा भएको साहले आरोप लगाएका छन्।

केपी ओली सरकारका सहरी विकास मन्त्री समेत रहेका साहले सामाजिक सञ्जालमार्फत भनेका छन्, 'आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता, सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिई राख्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन ।'

निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि उदांगो भएको साहले टिप्पणी गरेका छन् ।

'अहिलेकै संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक, कानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुष्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो' उनले भनेका छन् ।

माओवादी केन्द्रले  प्रभु साहसहित सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई पदमुक्त गर्न संसद सचिवालयमा मंगलवार पत्र दर्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077