Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकी प्रदेशमा माओवादीका मन्त्रीहरुको राजिनामा, मुख्यमन्त्री गुरुङको सरकार जनमोर्चाको हातमा

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका गण्डकी प्रदेश सरकारमा रहेका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।

आज विहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएपश्चात् उनीहरुले राजिनामा दिने भएका हुन् ।

गण्डकीमा माओवादीबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा रहेका छन्।

माओवादी केन्द्रले समर्थन भने तत्काल फिर्ता नलिने र लिने परे सत्ता समीकरणको प्रयासपछि मात्र समर्थन फिर्ता लिने पार्टीका एक सांसदले अनलाइन नेपाललाई जानकारी दिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेको २७,  माओवादीका १२ सांसद छन् भने कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।

सबभन्दा ठूलो दल सांसद रहेका छन् ।

माओवादीका मन्त्रीहरुले राजिनामा दिएपश्चात मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई जनमोर्चाको साथको जरुरत देखिन्छ अन्यथा गुरुङ सरकार पनि धरापमा पर्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077