Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रातोपुलमा भारतीय नागरिकको शव फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–३० रातोपुलमा एकजना भारतीय नागरिकको शव फेला परेको छ।

फेला परेको शव कोलकत्ता घर भएका ३९ वर्षीय प्रदिप मण्डलको रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

दरबारमार्गस्थित कस्मेटिक सप्लाई सम्बन्धी कार्यालयमा काम गर्ने मण्डल रातोपुलमा डेरा गरेर बस्ने गरेका थिए।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

घटनाबारे महानगरीय प्रहरी वृत्त मालीगाउँले थप अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसएसपी सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077