Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

राजिनामापश्चात् माओवादी मन्त्रीले भने - अनौठो भयो !

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका गण्डकी प्रदेश सरकारमा रहेका दुई मन्त्रीले राजीनामा दिएका छन्।

आज माओवादी संसदीय दलका नेता तथा आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले पार्टीको निर्देशन अनुसार राजिनामा दिएका हुन्।

बैठकमा भाग लिन आउनुअघि मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका मन्त्री चुमानले भावुक हुँदै भने 'सरकारमै बसेर सरकारको विरोध गरिरहनुपर्दा आफूहरुलाई नै अप्ठ्यारो परेको थियो, केन्द्रको विवाद र खिचातानीले प्रदेशमा असर पर्यो त्यसैले सरकारमा बस्न नैतिकताले पनि दिएन।'

अहिलेको राजनीतिक परिस्थिति बिडम्बना पूर्ण रहेको बताउदै मन्त्री चुमानले आफ्नो कार्यकालमा थुप्रै उपलब्धी हासिल भएको समेत बताए।

सभामा बोल्दै उनले भने ‘प्रधानमन्त्रीज्यूले नै संघीयताको मर्मलाई बोध गर्नुभएको छैन, प्रदेशलाई कमजोर बनाउँदै जाने उहाँको सोच देखिन्छ, त्यसैले यो सब भयो।'

गत फागुन २३ को सर्वोच्च अदालतले गरेको फैसलाले अहिलेको परिस्थिति आएको र देशमा नै अनौठो भएको भन्दै उनले भने 'पार्टीले पार्टी निर्माण गर्थे, एकता गर्थे तर यहाँ त अदालतले तोडफोड गर्यो बिडम्बना भयो', बर्बाद भयो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077