Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्तत : सामाजिक सञ्जालको अंकुश संसदमा पेश नहुने

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने व्यवस्था रहेको सूचना प्रविधि सम्बन्धी विधेयकको प्रतिवेदन पेश अन्तत: नहुने भएको छ ।

अभिव्यक्ति स्वतन्त्रतामाथि विधेयकले प्रतिबन्ध लगाउन खोजेको भन्दै चर्को विरोध भएपछि सरकार एक कदम पछि हटेको हो ।

सो विधेयकको कतिपय दफामा सामाजिक सञ्जालमाथि अंकुश लगाउने व्यवस्था रहेको भन्दै संसदीय विभिन्न पक्षबाट बिरोध हुँदै आएको थियो।

विधेयकका प्रावधान संविधानको मर्म र भावनाविपरीत हुनुका साथै यसले नागरिकको स्वतन्त्रता र मौलिक हक हनन गर्ने भएकाले कांग्रेस विधेयकको विपक्षमा रहेको बताएको थियो  ।

विधेयक पेश गर्ने कार्यसुची बनाइएपछि आज  बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस सांसदहरुले विरोधपछि सरकार पछि हटेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077