Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सभामुखसँग एमाले नेताको चर्काचर्की, संसदीय समितिमा नेकपा हुन बाध्य बनाइयो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं सांसद खगराज अधिकारीले संसदीय समितिहरुमा दलीय आधारमा सांसदहरुको प्रतिनिधित्व हेरफेर गर्न माग गरेका छन्।

आज प्रतिनिधिसभाको बैठकको सुरुमा बोल्दै सांसद अधिकारीले बैठकमा एमाले र माओवादी केन्द्रको अलग अलग प्रतिनिधित्व भए पनि संसदीय समितिमा अहिले पनि एमाले सांसदहरु नेकपाकै प्रतिनिधित्व गर्न बाध्य भएको भन्दै हेरफेर गर्न माग गएका हुन्।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराउँदै नेता अधिकारीले गत फागुन २३ गतेको सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र छुट्याइसकेको अवस्थामा पनि संसदीय समितिमा नेकपा दलकै आधारमा जानुपर्ने अवस्था रहेकोले यो संविधान र प्रतिनिधिसभा नियमावली विपरित रहेको बताए।

सांसद अधिकारीले संसदीय समितिमा अवैधानिक नेकपाको सदस्य हुन नचाहेको भन्दै समितिमा पार्टीले दिएका नामका आधारमा प्रतिनिधि चयन गर्न सभामुखसँग माग गरे ।

संसदमा परिवर्तित अवस्था अनुसार संसदीय समिति सदस्यमा चाँडै हेरफेर नगरे संसदीय समिति बैठक र संसदीय कारबाहीमा भाग नलिने अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077