Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्डले भने- बालुवाटारबाट बालुवा पेलेर क्रान्तिलाई धरापमा पारियो (भिडियोसहित)

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्रतिक्रान्तिको खतराका घण्टी बजिरहेको बताएका छन्।

आज सुर्खेत आइपुगेका अध्यक्ष प्रचण्डले प्रतिरोध दिवसको अवसरमा पार्टी निकट अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तितर्फ अघि बढेको आरोप लगाए ।

आफुहरुले लडेर ल्याएको क्रान्तिलाई बालुवाटारबाट ध्वस्त पार्न खोजिएको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्डले क्रान्ति जोगाउन आफ़ु कर्णाली प्रदेशमा आएको बताए।

सिंहदरबार र बालुवाटारबाट बालुवा पेलेर क्रान्ति धरापमा परेको भन्दै प्रचण्डले जसले यो क्रान्ति ल्याएको हो तिनै जनताको घर दैलोमा फर्किनुपर्छ भन्ने मनसाय लिएर आफु कर्णाली प्रदेशमा आएको प्रस्ट्याए।

संसद विघटन गरेर संविधान विरोधी काम प्रधानमन्त्रीबाटै भएको उल्लेख गर्दै प्रचण्डले आफूहरुले शान्तिपूर्ण रुपमा सो कदमलाई परास्त गर्न लागिपरेको स्मरण गर्दै त्यही कदमलाई सर्वोच्चले पनि गलत भनिदिएको बताए ।

'काठमाडौंमा सरकार परिवर्तनका बैठकहरू निरन्तर चलिरहेको छ, बेलुका ममहत्वपूर्ण मिटिङ छ, म छिट्टै फर्किन्छु र निष्कर्षमा पुर्याउछु,' उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077