Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

'ओलीलाई घोक्रेठ्याक लगाएर हटाउछौ भन्नेहरु कता गए ?'

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता रामहरी खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घोक्रेठ्याक लगाएर हटाउछौ भन्नेहरु कता गए भन्दै प्रश्न सोधेका छन्।

आज बसेको प्रतिनिधिसभाको बैठकमा पनि प्रधानमन्त्री ओली अनुपस्थित भएपछि नेता खतिवडाले सामाजिक सञ्जालमार्फत् यस्तो प्रश्न गरेका हुन्।

ट्वीटरमा उनले आफैले बिघटन गरेको संसदमा प्रधानमन्त्री अझै जान नसक्ने उल्लेख समेत गरेका छन्।

उनले लेखेका छन् 'प्रधानमन्त्री ज्यु अझै संसदमा जानू हुन्न किनकी हिजो यो संसद आफैंले विघटन गरेको हो। हामी घोक्रेठ्याक लगाएर ओलि हटाउछौ भन्नेहरू अहिले कता गएछ्न ?'

https://twitter.com/RamhariKhatiwa/status/1380116374316482563

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077